देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

४ वटा प्रदेशमा मतपत्र ढुवानी सकियो, ८ करोडमध्ये अब २६ लाख थान छाप्न बाँकी

देशान्तर

काठमाडौँ – मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि चार वटा प्रदेशको सम्पूर्ण मतपत्र ढुवानी सम्पन्न भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र ढुवानी सम्पन्न भएको हो ।

आज बिहीवार मनाङ र मुस्ताङ जिल्लाका लागि आवश्यक मतपत्र हेलिकप्टरमार्फत ढुवानी भएसँगै चार वटा प्रदेशको मतपत्र ढुवानी सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । भोलिदेखि प्रदेश १ मा मतपत्र ढुवानी सुरु हुने छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र भने यसअघि नै ढुवानी सम्पन्न भइसकेको छ ।

यस पटक एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० जना मतदाताका लागि झन्डै आठ करोड मतपत्र आवश्यक पर्ने छ । जसमध्ये अब २५ लाख ९४ हजार थान मतपत्र छपाइ हुन बाँकी छ ।

भोलिसम्म सबै मतपत्र छपाइ सम्पन्न हुने र कात्तिक २५ गतेसम्ममा हरेक निर्वाचन अधिकृतको कार्यलयमा मतपत्र पुग्ने आयोगले जनाएको छ ।