देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुई विश्वसुन्दरीले गरे एक अर्कासँग विवाह

देशान्तर

एजेन्सी – पूर्व मिस अर्जेन्टिना र पूर्व मिस पोर्टो रिकोले इन्स्टाग्राममा आफूहरुले विवाह गरेको घोषणा गरेका छन् ।

बुधबार बेलुका मारियाना भारेला र फाबिओला भ्यालेन्टिनले इन्स्टाग्राममार्फत विवाह गरेको सार्वजनिक गरेका थिए ।

उनीहरूबीच थाइल्याण्डमा भएको २०२० मिस ग्रान्ड इन्टरनेशनल प्रतियोगितामा भेटेका थिए, जहाँ उनीहरूले अर्जेन्टिना र पोर्टो रिकोको प्रतिनिधित्व गरेका थिए।

उक्त सौन्दर्य प्रतियोगिताको अन्तिम १० मा स्थान बनाएका उनीहरू त्यसपछि नजिकिएका थिए । त्यसयता फ्यानलाई थाहा नदिइकन उनीहरुले गोप्य रुपमा डेटिङ पनि गरिरहेका थिए ।

उनीहरूले अक्टोबर २८ मा विवाह गरेका थिए। तर, आफूहरुले विवाह गरेको कुरा कुनै विशेष दिन सार्वजनिक गर्ने भनेर बसेको यो जोडीले बुधबार विवाह भएको घोषणा गरेको हो ।