देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशभरका एक सय वटा मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाइने

देशान्तर

काठमाडौँ – निर्वाचन आयोगले देशभरका एक सय वटा मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाउने भएको छ ।

आयोगले ती मतदान केन्द्रमा साङ्केतिक भाषा सूची राखेर मतदान केन्द्रमा खटिने कर्मचारीलाई साङ्केतिक भाषा प्रयोगसम्बन्धी अभिमुखीकरण तालिम समेत दिने जनाएको छ ।

मतदान गर्ने तरिका सम्बन्धी ब्रेल सामग्री, रङ्गीचङ्गी डोरी तथा पोल, र्याम्प निर्माण, ह्वीलचेयर प्रवेश गर्न सक्ने मतदान केन्द्र निर्माण, अपाङ्गता भएका व्यक्तिका लागि टेबुल तथा कुर्सीको व्यवस्था गर्ने समेत जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अपाङ्गता भएका व्यक्तिहरुको सुविधालाई ध्यानमा राखेर देशभर एक सय वटा मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाउने निर्णय भएको जानकारी दिएका छन् ।

निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि देशभर १० हजार ८ सय ९२ ठाउँमा २२ हजार २ सय २७ वटा मतदान केन्द्र तोकेको छ । चुनाव आउन अब १७ दिन बाँकी छ । आजदेखि दल तथा उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा जुटेका छन् ।
निर्वाचन आयोगले आचारसंहिता पालना गर्दै चुनावी गतिविधि गर्न आग्रह गर्दै आएको छ ।