देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काबुलमा शक्तिशाली विस्फोट, ठूलो क्षतिको आशंका

देशान्तर

काठमाडाैं – अफगानिस्तानको काबुलस्थित प्रहरी जिल्ला नं ५ मा बुधबार बिहान शक्तिशाली विस्फोट भएको छ। सो विस्फोटमा परी ठूलो जनधनको क्षतिको आशंका गरिएको बताइएको छ।

विस्फोट निकै शक्तिशाली भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । उनीहरुकाअनुसार सो विस्फोटबाट कैयौँ मानिसको ज्यान गएको हुनसक्छ। उनीहरुका अनुसार स्थानीय समयानुसार बिहान ८ बजेर १० मिनेट जाँदा जिल्ला प्रहरी कार्यालय ५ स्थित सरकारी भवनअगाडी रहेको सरकारी कर्मचारीको मिनीबसलाई लक्षित गरी विष्फोट भएको बताइएको छ।

प्रहरीले घटनास्थललाई घेराबन्दी गरेको छ। विष्फोटस्थलमा पत्रकारलगायत मानिसलाई प्रवेशमा रोक लगाएको छ। यस घटनाको विस्तृत विवरण भने आइसकेको छैन ।