देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रभु बैंक र हार्नेस् जिपलाइन बिच आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता

देशान्तर

काठमाडौँ – प्रभु बैंक लिमिटेड र कुस्मा, पर्वत स्थित हार्नेस् जिपलाइन प्रा.लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट गण्डकी प्रदेश इन्चार्ज राजु राना मगर र हार्नेस् जिपलाइन प्रा.लि.का तर्फबाट अध्यक्ष विदुर पौड्याल द्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हो ।

प्रभु बैंक र उक्त जिपलाइन बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनु भएका सम्पूर्ण ग्राहकले हार्नेस् जिपलाइन प्रा.लि. द्धारा सञ्चालित (ट्यान्डम, सुपरम्यान एण्ड क्लासिक जिपलाइन ) सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ।

उक्त सम्झौता अन्तर्गत हार्नेस् जिपलाइन प्रा.लि. मा सुविधा लिन चाहाने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा,हार्नेस् जिपलाइन प्रा.लि. का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।
यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुन्छन् भन्ने बैंकको विश्वास छ ।