देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अफगानिस्तानमा कार र ट्रक एकआपसमा ठोक्किँदा ३० जना घाइते

देशान्तर

काठमाडौं – अफगानिस्तानको दक्षिण भागमा पर्ने जाबुल प्रान्तमा सोमबार भएको एक सडक दुर्घटनामा परी कम्तीमा ३० व्यक्ति घाइते भएका छन् । एक कार र ट्रक एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको जनाइएको छ ।

काबुल र कान्दाहार राजमार्गमा एक विवाह समारोहमा गइरहेको एक ट्रक माज्दा कारसँग ठोक्किँएको खामा प्रेसले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेहरुमा महिला र बालबालिका रहेको र उनीहरुलाई उपचारको लागि नजिकैको अस्पतालमा लगिएको छ । ती मध्ये केहीको अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ ।

दुर्घटनाको कारण हाल पुष्टि भएको छैन् । तर चालकको लापरवाह र तीव्र गतिमा सवारी साधान चलाउने नै अफगानिस्तानमा प्रायः दुर्घटनाहरुको कारण बनेको छ ।