देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गरिमा विकास बैंक र ‘द हिमालयन ग्रिलबाईबाजेको’ बिच आर्कषक छुटको लागि सम्झौता पत्रमा हस्ताक्षर

देशान्तर

काठमाडौँ – नेपालकै प्रतिष्ठित रेस्टुरेन्ट‘दहिमालयन ग्रिलबाई बाजेको’र यस विकास बैंक बिच रेस्टुरेन्टले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्र अनुसार यस बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले काठमाडौंको सामाखुसीमा अवस्थित ‘द हिमालयन ग्रिलबाईबाजेको’बाट फुड एण्ड वेभरेजमा आकर्षक १५% छुट पाउन सक्नुहुनेछ । उक्त सम्झौता मा विकास बैंकको बजारीकरण विभाग प्रमुख रमेश रिजाल र रेस्टुरेन्ट‘ द हिमालयन ग्रिलबाई बाजेको’अध्यक्ष मौसम कुमार श्रेष्ठ विच भएको छ ।
हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैकिङ्ग सेवा दिदै आईरहेको छ ।