कास्की – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडी प्रतियोगितामा दुई राष्ट्रिय कीर्तिमान कायम भएका छन् ।
पुरुष २ सय मिटर बटरफ्लाईको हिट राउण्ड र ५० मिटर फ्रिस्टाइलको हिट राउण्डमा कीर्तिमान कायम भएका हुन् ।
५० मिटर फ्रिस्टाइलमा आर्मीका अलेक्जेडर शाहले आफ्नै कीर्तिमानमा सुधार गरेका छन् । उनको नाममा रहेको २३ दशमलव ९० सेकेण्डको समयलाई सुधार गरेर २३ दशमलव ५७ सेकेण्डमा झारेका छन् ।
त्यसै गरी पुरुष २ सय मिटर बटरफ्लाईमा नथनर्दोजे शेर्पाको नाममा रहेको २ मिनेट १८ दशमलव १० सेकेण्डको कीर्तिमानलाई एनआरएनका आशीष सापकोटाले २ मिनेट १६ दशमलव ४३ सेकेण्डमा दूरी सक्दै नयाँ कीर्तिमान बनाएका हुन् ।
प्रतिक्रिया