देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शेयर बजार आज दुई दशमलव ६१ अंकले घट्यो

देशान्तर

काठमाडौं – हिजो आइतवार झन्डै १० अंकले घटेको शेयर बजार आज सोमवार दुई दशमलव ६१ अंकले घटेर एक हजार आठ सय ५८ दशमलव ३३ बिन्दुमा झरेको छ ।

आज बैंक, व्यापार, होटल, निर्जीवन बीमा, म्युचल फन्ड र अन्य समूहबाहेकको शेयर घटेको छ । जीवन बीमा, उत्पादन र फाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज पिपुल्स पावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि अभियान लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

नेप्से सूचक घटेको दिन दुई सय १९ कम्पनीको १६ लाख ३१ हजार कित्ता शेयर ५१ करोड ५८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको दुई करोड ७९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।