काठमाडाैं – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत फुुल कन्ट्याक्ट कराँतेमा गण्डकी प्रदेशले चार स्वर्ण पदकसहित च्याम्पियन भएको छ ।
गण्डकीले नेपाल आर्मीलाई पछि पार्दै चार स्वर्ण पदकसहित टिम च्याम्पियन भएको प्रतियोगिताका सहसंयोजक दीपक गोदारले जानकारी दिए। महिला ४० केजीमुनि तौल समूहको प्रतिस्पर्धामा गण्डकी प्रदेशकी पुष्पा केसीले स्वर्ण पदक दिलाएकी हुन् । उनले सुदूरपश्चिम प्रदेशकी गरिमा पार्कीलाई पराजित गर्दै टिम च्याम्पियन बनाउन महत्वपूर्ण योगदान गरेका हुन् ।
त्यस्तै अर्को खेलमा नेपाल आर्मी र गण्डकीले समान तीन÷तीन स्वर्ण पदक जितेका थिए । कराँतेमा पुुरुषका सात र महिलाका पाँच विधा गरी १२ विधामा भएको प्रतिस्पर्धामा गण्डकीले पुरुषफर्तको ३०–४०, ४५–५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०–५५ तौल समूहमा एक स्वर्ण जितेको हो । त्यसैगरी नेपाल आर्मीले खुला तौल समूह पुरुष, महिला र ६०–६५ केजी तौल पुरुषमा समूहमा स्वर्ण जितेको हो ।
खेलमा पुरुषतर्फको खुला तौल समूहमा नेपाल आर्मीका विजय सिंहले स्वर्ण जितेका हुन् । उनले गण्डकीका रुपक नेपालीलाई फाइलनमा पराजित गरी स्वर्ण हात पारेका हुन् ।
पुरुषतर्फकै ६०–६५ केजी तौल समूहमा पनि नेपाल आर्मीका सनी सिंहले स्वर्ण जितेकी छिन् । उनले गण्डकीका शिव भुजेललाई पराजित गरी स्वर्ण जितेकी हुन् । भुजेलले रजत पदक जितेकी हुन् । पुषतर्फकै ५५–६० केजी तौल समूहमा नेपाल प्रहरीका सुशन लामिछानेले स्वर्ण र नेपाल आर्मीका विकास गुरुङले रजत पदक जितेका हुन्।
पुरुषतर्फकै ५०–५५ केजी तौल समूहमा मधेस प्रदेशका धरमिन्दर रामले स्वर्ण प्राप्त गरे भने नेपाल आर्मीका चोकबहादुर बुढाथोकीले रजत प्राप्त गरे।
यसैगरी ४५–५० केजी तौल समूहमा गण्डकीका अनिष बुढामगरले बागमतीका विजय राइलाई पराजित गरी स्वर्ण हात पार्नुभयो । ४०–४५ केजी तौल समूहमा सशस्त्र प्रहरीका सुनिल तामाङले स्वर्ण जितेका छन् भने आर्मीका राजकुमार यादवले रजत हात पार्नुभयो । पुरुषतर्फको ३५–४० तौल समूहमा गण्डकीका अभिषेक डिमडुङले नेपाल आर्मीका सागर थिङलाई फाइनलमा पराजित गरी स्वर्ण जिते । थिङले रजत पदक पाए ।
महिलातर्फको खुला तौल समूहमा नेपाल आर्मीका मञ्जु विकले स्वर्ण पदक जितेकी छन् । उनले बागमती प्रदेशकी निशा बोहोरालाई पराजित गरी स्वर्ण जितिज भने बोहोराले रजत पदक पाइन् । ५०–५५ केजी तौल समूहमा गण्डकीकी धनी रानामगरले नेपाल आर्मीका पत्रिका चन्दलाई पराजित गरी स्वर्ण जित्न सफल भइन भने चन्दले रजत पदकमा चित्त बुझाउनुपर्यो ।
४५–५० केजी तौल समूहमा वागमती प्रदेशकी नवीना धमालले सशस्त्र प्रहरीकी करिष्मा कार्कीलाई पराजित गरी स्वर्ण जित्दा कार्कीले रजत पदक जितिन । ४० देखि ४५ केजी तौल समूहमा सशस्त्र प्रहरीकी रिना माझीले नेपाल प्रहरीकी अञ्जना ढुंगेललाई पराजित गरी स्वर्ण जितिन भने ढुंगेलले रजत पदक हात पारे ।
पोखराको प्रदर्शनी केन्द्रमा भएको प्रतिस्पर्धा खेलमा सातवटै प्रदेश, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी र एनआएनए गरी ११ टिम सहभागी भएका थिए । अन्तर्राष्ट्रियस्तरको रिङ निर्माण गरी अन्तर्राष्ट्रिय नियमअनुसार प्रतिस्पर्धा गराइएको थियो ।
प्रतिक्रिया