काठमाडौँ — आइतबार कारोबार खुलेपछि नै ओर्लिएको सेयर बजार अन्तिम १० मिनेटमा केही सम्हालिएको छ ।
२: ५० बजे १८५३ अंकसम्म झरेको नेप्से बन्द हुँदा १८६० अंकमा कायम भयो । यद्यपि यो अंक अघिल्लो दिनको तुलनामा ९.६९ कमी हो ।
अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । ३० कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो भने ५ को स्थिर रह्यो । कुल ८० करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ । बैंकिङ ३ र उत्पादन उपसमूह १३ अंक बढ्यो । विकास बैंक ६०, फाइनान्स २८, होटल १५, जलविद्युत् २१, जीवन बीमा ७६, माइक्रोफाइनान्स ३५, निर्जीवन बीमा ५६, अन्य १० र ब्यापार उपसमूह २३ अंक घटे ।
अभियान लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । स्टान्डर्ड चार्टर्डको ७ तथा एभरेस्ट बैंकको ५ प्रतिशत बढ्यो । पिपुल्स पावरको मूल्य १० प्रतिशत घट्यो भने सिटिजन्स बैंकको ७ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा एभरेस्ट बैंक, गरिमा विकास बैंक, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र रिडी पावर क्रमशस् अगाडि रहे ।
प्रतिक्रिया