काठमाडौं –नबिल म्युचुअल फण्डद्वारा सञ्चालित नबिल इक्वीटी फण्ड र नबिल ब्यालेन्स्ड फण्ड २ ले आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।
नबिल ब्यालेन्स्ड फण्ड २ ले ७ प्रतिशत नगद लाभांश र नबिल इक्वीटी फण्डले ५ प्रतिशत नगद लाभांश ( करसहित) वितरण गर्ने घोषणा गरेका हुन् । कम्पनीको असोज २५ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यी दुवै फण्डले उक्त नगद लाभांश वितरण प्रयोजनको लागि कात्तिक १८ गते बुक क्लोज गर्ने जानकारी पनि दिएका छन् ।
बुक क्लोजको आधारमा कात्तिक १७ गते सम्म कायम इकाईधनीले उक्त लाभांश पाउनेछन् ।
प्रतिक्रिया