काठमाडौँ – सोमबार सुनचाँदीको मूल्य घटेको छ ।
सोमबार सुन प्रतितोला ९५ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो आइतबारको तुलनामा ८ सयले कम हो। आइतबार सुन प्रतितोला ९६ हजार रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आइतबारको तुलनामा चाँदीको मूल्य पनि प्रतितोला २५ रूपैयाँले घटेर सोमबार एक हजार दुई सय ३० रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी एक हजार दुई सय ५५ रूपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६ सय ८७ रूपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया