देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नाइजेरियामा भिषण बाढी : २३ जनाको मृत्यु, १ लाखभन्दा बढी विस्थापित

देशान्तर

काठमाडाैं – नाइजेरियामा आएको भिषण बाढीमा परेर कम्तीमा पनि २३ जनाको ज्यान गएको छ भने १ लाखभन्दा बढी विस्थापित विस्थापित भएका छन् ।

यस वर्षको मनसुनी वर्षाका कारण ती नागरिक विस्थापित हुन पुगेका बताइएको छ । उद्धार अधिकारीहरुले यहाँका नागरिक बाढीबाट धेरै विस्थापित हुन पुगेका र उनीहरुको पुनर्स्थापनाको पहल भइरहेको बताएका छन् ।

नाइजेरियाको मध्य प्रान्त बेन्युमा बाढीले बढी मात्रामा क्षति पुगेको जनाएको छ । सो प्रान्तमा मे महिनादेखि नै बढीको प्रकोप सुरु भएको र यसमा परेर ठूलो मात्रामा भौतिक क्षति पुगेको पनि यहाँका अधिकारीहरुले जानकारी दिएका छन् ।

यो प्रान्तका प्राकृतिक विपद् व्यवस्थापनसम्बन्धी विभागका प्रमुख इमानययल सिसोरले उक्त प्रान्तमा दशौँ हजार जना विस्थापित भएका र उनीहरुको पुनर्स्थापनाको काम निकै नै चुनौतीपूर्ण भएको बताएका छन् ।

सयौँ हेक्टर जमिनमा लगाइएको बाली पनि बाढीले नष्ट गरिदिएकाले नागरिकहरुलाई बासका साथै खाद्यान्नको पनि आवश्यकता परेको बताइएको छ । अधिकारीहरुले बाढीले यहाँका करिब पाँच हजार घर भत्काइदिएकाले दशौँ हजार नागरिक अस्थायी शिविरमा बस्दै आएका पनि जनाएका छन् ।