देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बगंलादेशमा डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या ५१ पुग्यो

देशान्तर

काठमाडाैं – बगंलादेशको गत आइतबार एक डुंगा पल्टिदा मृत्यु हुने यात्रीको सङ्ख्या कम्तीमा पनि ५१ जना पुगेको समाचारमा जनाइएको छ । बगंलादेशको राजधानी ढाकाबाट चार यस ६८ किलोमिटर उत्तरतर्फ पर्ने पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुंगा पल्टिएको थियो ।

त्यसमा परी मृत्यु हुनेको सङ्ख्या प्रतिदिन बढ्दै गएको बताइएको छ । अधिकारीहरुले सो डुंगा दुर्घटनामा परी हराएका व्यक्तिको शव भेटिने क्रम जारी रहेको बताएका छन् । अधिकारीहरुले सोमबार रातिसम्म  थप व्यक्तिको शव भेटिएको र अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ५१ जना पुगेको बताएका हुन् ।

स्थानीय सञ्चार माध्यमहरुले सो डुंगा दुर्घटनामा परी आइतबार १६ जनाको मृत्यु भएको जनाएका थिए । सो दुर्घटनामा परेर हराएका व्यक्तिको शव भेटिँदै गएको बताएका छन् ।

पञ्जगढ जिल्लाका प्रहरी सुपरीटेन्डेन्ट एस एम सिराजुद हुडाले केही व्यक्ति हराइरेका र उनीहरुको खोजी कार्य जारी रहेको बताउँदै सोमबार रातिसम्ममा बेपत्तामध्ये थपको शव भेटिएको र सोमबार रातिसम्म ५१ जनाको मृत्यु भएको जानकारी दिए ।

सो डुंगा मा एक सय जनाजति यात्रु रहेका बताइएको थियो । अहिले पनि डुंगा मा रहेका केही व्यक्ति हराइरहेका र उनीहरुको खोजी कार्य जारी रहेको ती प्रहरी प्रमुखले जानकारी दिए ।

प्रहरीले डुंगा को क्षमताभन्दा बढी व्यक्ति राखिएकाले बढी भार भएर सो दुर्घटना हुन पुगेको बताएको छ । बगंलादेशमा यसरी क्षमताभन्दा बढी व्यक्ति बोक्दा डुंगा दुर्घटना हुने गरेका समाचारहरु आइरहन्छन् ।