काठमाडाैं – सिरियाको तटमा डुङ्गा डुब्दा ५३ जना आप्रवासीको मृत्यु भएको छ। करिब २० जनालाई उद्धार गरिएको लेबनानका यातायात मन्त्रीले बताएका छन् ।
सिरियाली सहर टार्टसको तटीय क्षेत्रमा बिहीबार भूमध्यसागरमा डुबेको सानो डुङ्गामा १०० भन्दा बढी व्यक्ति सवार रहेका थिए। सवार यात्रुहरु अधिकांश लेबनानी र सिरियालीहरु रहेका थिए । दर्जनौं अझै बेपत्ता रहेका बताइएको छ।
प्रतिक्रिया