काठमाडौं – सत्तारूढ दलनिकट विद्यार्थी संगठनहरूले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै प्रदर्शन गरेका छन् ।
बिहीबार माइतीघर मण्डलामा गठबन्धनका संयुक्त विद्यार्थी संघले राष्ट्रपतिविरुद्ध धर्ना दिँदै प्रदर्शन गरेका हुन् ।
संघीय संसदको दुवै सदनबाट पारित गरेर पठाएको नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक २०७९ लाई प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीले संविधान नै मिचेको आरोप लगाउँदै विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका हुन् ।
संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक मंगलबार राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन् ।
प्रतिक्रिया