काठमाडौँ – नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहककालागि किफायतीमूल्यका दैनिकप्रयोग गर्न सकिने साथै मासिक रुपले प्रयोग गर्न सकिनेसजिलो प्रिपेड कम्बो अफरउपलब्ध गराइरहेको छ ।
कम्पनीकाप्रिपेड मोबाइलका ग्राहकहरुकालागि कम्पनीले असोज २ गतेदेखि रु. १९९ देखि रु. ६९९ सम्मका भ्वाइस, डाटा र सन्देश पठाउन सकिने प्याकहरु ल्याएको हो ।
एकपटक लिएपछि २८ दिन सम्म प्रयोग गर्न सकिने यस अफर अन्तर्गत रु. १९९ मा ४२०० एमबी (दैनिक १५० एमबी) डाटा, ४२०मिनेट (दैनिक १५ मिनेट) कुराकानीगर्ने र ४२० (दैनिक१५) वटा सन्देश पठाउन सकिने सुविधाउपलब्ध छ । जम्मा रु. ३४९ मा १४,००० एमबी (दैनिक ५०० एमबी) डाटा, १४०० मिनेट (दैनिक ५० मिनेट) कुराकानीगर्ने र १४०० (दैनिक ५०) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।
यसैगरी रु. ४९९ मा १९,६०० एमबी (दैनिक७०० एमबी) डाटा, १९६० मिनेट (दैनिक ७० मिनेट) कुराकानीगर्ने र १९६० (दैनिक७०) वटा सन्देश पठाउन सकिने सुविधाप्रयोग गर्न सकिन्छ । यस अफर अन्तर्गत रु. ६९९ मा २८ जिबी (दैनिक १ जिबी) डाटा, २८०० मिनेट (दैनिक १०० मिनेट) कुराकानीगर्ने र २८०० (दैनिक १००) वटा सन्देश पठाउन सकिने सुविधाउपलब्ध छ । अफर अन्तर्गत उपलब्ध सबै सुविधाहरु खरिद गरेको मितिदेखि २८ दिनसम्म सबै नेटवर्कमा प्रयोग गर्न सकिन्छ ।
यसका साथै यस अफर अन्तर्गत सन्देश मात्र पठाउनु पर्ने ग्राहकको आवश्यकतालाई ध्यानमा राखी जम्मा रु. ९८ मा २८ दिन भित्रमा जम्मा ६०० वटा र रु. ६० माजम्मा३०० वटा सन्देश पठाउन सकिने सुविधा पनि उपलब्ध गराइएको छ । आफ्नो मोबाइलबाट *1415# डायल गरी वा ‘नेपाल टेलिकम एप’प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिन्छ ।
यस अफरबाट प्रिपेड सेवाका ग्राहकहरुले लाभ लिनुहुने कम्पनीको अपेक्षा रहेको छ ।
प्रतिक्रिया