काठमाडौँँ – नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स् ब्राण्ड सी.जी. ले चाडपर्वलाई लक्षित गर्दै नयाँ उपहार योजना बजारमा ल्याएको छ । यसपालीको दशैं, तिहार, तथा छठको चाडपर्वलाई लक्षित गर्दै नयाँ उपहार योजना बजारमा ल्याएको हो ।
सी.जी. सँग यो पर्व, गरौं गर्व नामक यसयोजना अन्तर्गत कम्पनीले रु. ४६,००० सम्मको आकर्षक क्यासब्याकका साथै विभिन्न पक्का उपहारहरु जित्ने अवसर प्रदान गर्ने भएको छ ।
कम्पनीका अनुसार ग्राहकवर्गहरुले सी.जी. ब्राण्ड साथैसी.जी. ब्राण्ड अन्तर्गतको सी.जी. मेरिडिया सिग्नेचर सिरिजका प्रोडक्टहरु घर ल्याई गर्वका साथ नेपालको आप्mनै गुणस्तरीय ब्राण्ड प्रयोग गर्न सक्नेछ । आकर्षक क्यासब्याक तथा उपहारहरुको आनन्द लिई पर्वलाई महापर्व बनाउन सकिन्छ । उक्त योजना अन्तर्गत ग्राहकहरुले सी.जी. ब्राण्डका सिंगल डोर रेफ्रिजरेटर, चेस्ट फ्रिजर, स्पिकर, कुलर तथा भ्याकुम क्लिनरको खरिदमा आकर्षक क्यासब्याक पाउन सकिन्छ ।
साथै, सी.जी. का ४३” सम्मका टेलिभिजनहरुको खरिदमा आकर्षक क्यासब्याक तथा ५०” भन्दा माथिका टेलिभिजनहरुमा २.१ स्पिकर उपहार पाउन सक्नुहुनेछ । त्यसैगरी, सी.जी. डबल डोर रेफ्रिजरेटरको खरिदमा फ्राइ प्यान, मल्टी डोर रेफ्रिजरेटरमा मेरिडिया भ्याकुम क्लिनर, माइक्रोवेभको खरिदमा एल.जी. कुकिङ्ग किट, फ्रन्ट लोड वाशिङ्ग मेशिनको खरिदमा ६ के.जी. एरियल, सेमी तथा टप लोड वाशिङ्ग मेशिनको खरिदमा २ के.जी. एरियल, डिश वाशरको खरिदमा २ प्याकेट डिश वाश प्याकेट तथा ए.सी. को खरिदमा निःशुल्क जडान जस्ता पक्का उपहारहरु प्राप्त गर्न सकिन्छ
।
यो आकर्षक योजना कम्पनीले भाद्र ०९, २०७९ देखि देशभरमा सिमित अवधिका लागि लागु गरेको छ ।
प्रतिक्रिया