देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रभु बैंक लिमिटेड र क्रेभ रेष्टुरेन्ट बिच आकर्षक छुट प्रदान गर्ने गर्ने सम्बन्धी सम्झौता सम्पन्न

देशान्तर

काठमाडौँ – प्रभु बैंक लिमिटेड र पोखरास्थितक्रेभ रेष्टुरेन्ट बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाटहरीचोक शाखा कार्यालय प्रमुख सुश्री सुनीता गुरुङ क्रेभ रेष्टुरेन्टका तर्फबाटप्रोप्राइटरश्री मिलन थकालीद्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
प्रभु बैंक र उक्त रेष्टुरेन्ट बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुलाई क्रेभरेष्टुरेन्टद्धारा सञ्चालित“फुड” सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ।

उक्त सम्झौता अन्तर्गत क्रेभ रेष्टुरेन्टमा सुविधा लिन चाहनुहुने प्रभु बैंककाग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा,क्रेभ रेष्टुरेन्टका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुने बैंकको विश्वास रहेको छ ।