देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेड तथा सिराईचुली होटल, नारायणगढ बीच सम्झौता

देशान्तर

काठमाडौं – सेञ्चुरी कमर्सियल बैंक लिमिटेड नारायणगढ शाखा, लायन्स चोक र भरतपुर–१० स्थित एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेड तथा सिराइचुली होटलबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पुर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेड, नारायणगढ तथा सिराइचुली होटल, नारायणगढमा छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।

एनपिआइ नारायणी सामुदायिक अस्पतालले लिने बिभिन्न सेवा ओ. पि. डी., फार्मेसि, सि.टी. स्क्यान बाहेक( शल्कमा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट नारायणगढ शाखा प्रमुख भेषराज खड्का र एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडका तर्फबाट अस्पतालका संचालक बिष्णु कुँवरले हस्ताक्षर गरे ।

साथै भरतपुर–१०, स्थित सिराइचुली होटलमा फुड एण्ड बेभरेजमा १०५ र एकोमोडेशन शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट नारायणगढ शाखाका प्रमुख भेषराज खड्का र सिराइचुली होटलका तर्फबाट रिसोर्टका संचालक बिष्णु घिमिरेले हस्ताक्षर गरेका हुन्।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चितवन जिल्लामा ६ वटा शाखाहरु – नारायणगढ लायन्सचोक, बेलचोक, टाँडी, भण्डारा, पदमपुर र पटिहानी बाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले कुल १४७ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।