देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रका ७३ हजार सर्वसाधारणको सुरक्षित स्थानमा स्थानान्तरण

देशान्तर

काठमाडाैं – युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रबाट ७३ हजारभन्दा बढी सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

युक्रेनी पुनर्मिलन मन्त्रालयका अनुसार डोनेट्स्क क्षेत्रबाट एक महिनामा करिब ३० हजार जनालाई किएभ नियन्त्रित स्थानमा सारिएको युक्रेनी पुनर्निर्माण मन्त्रालयले जनाएको छ ।

डोनेट्स्क क्षेत्रका साथै रूस नियन्त्रित दक्षिण युक्रेनको खेरसन र जापोरिज्जिया क्षेत्रबाट ५० हजार जनालाई किएभ नियन्त्रित स्थानमा सारिएको छ । युक्रेनले गत अगष्टदेखि आफ्ना नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण थालेको हो ।

उपप्रधानमन्त्री इरिना भेरेश्चुकले द्वन्द्वग्रस्त अन्य क्षेत्रबाटबाट पनि नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सकिने बताएका छन् ।