देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विराटनगर महानगरपालिकालाई राजस्व अभिवृद्धि गर्न सरोकारवालाको सुझाव

देशान्तर

काठमाडौं – सरोकारवालाहरुले आन्तरिक राजस्व अभिवृद्धि गर्न लागि विराटनगर महानगरपालिकालाई सुझाव दिएका छन् ।

आन्तरिक राजस्व वृद्धि नगरेसम्म विकास निर्माणले गति लिन नसक्ने भन्दै सरोकारवालाहरुले महानगरपालिकालाई सुझाव दिएका हुन् । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निरौला कार्कीको उपस्थितिमा महानगरपालिकामा आयोजित छलफलमा उनीहरुले करको दायरा बढाउनुपर्नेमा जोड दिएका थिए ।

हिसान मोरङका अध्यक्ष अमित ढकालले घर बहाल कर नतिर्ने गरेको बताउदै घर बहाल कर उठाउने हो भने महानगरको आम्दानी ह्वात्तै बढ्ने बताए । उद्योग संगठन मोरङका उपाध्यक्ष प्रदीप मुरारकाले घर बहाल कर कडाइका साथ उठाउनु पर्नेमा जोड दिए । मोरङ व्यापार संघका उपाध्यक्ष अनिल साहले महानगरले गहिराइसम्म पुगेर कर उठाउन नसकेको बताए ।

घर बहाल कर, सम्पत्ति करलगायतका कर कडाइका साथ उठाउन सके महानगरको आम्दानी बढ्ने उनले बताए ।