काठमाडौं – नेपालले आज बहराइनमा आयोजना हुने एएफसी यू–२० एसियन कप छनोटको पहिलो खेलमा भुटनसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा राति ८:४५ बजे सुरु हुने खेलमा नेपालले आज भुटानको सामना गर्ने भएको हो । नेपाल भुटानलाई हराएर सुखद सुरुवातको योजनामा छ ।
छनोटको समूह बी मा रहेको नेपाल प्रतियोगिताका लागि तयारी अवस्थामा रहेको नेपाली यू–२० राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक मेघराज केसीले बताए ।
नेपालको समूहमा भुटानसँगै कतार, बहराइन र बंगालादेश छन्। यस्तै नेपालले दोस्रो खेलमा सोमबार कतारसँग खेल्नेछ।
नेपालले बिहीबार बहराइनसँग खेल्दा अन्तिम खेलमा बंगलादेशसँग अर्को हप्ताको आइतबार खेल्नेछ । समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू(२० एसियन कपमा स्थान बनाउने छन् ।
प्रतिक्रिया