देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्से २१ अंकले घट्दा एक अर्ब १९ करोडको सेयर किनबेच

देशान्तर

काठमाडौं – नेप्सेको गिरावटले साताको तेस्र्रो कारोबार दिन मंगलबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन चार दशमलव २९ अंकले घटेको नेप्से आज (मंगलबार) भने २१ दशमलव २२ अंकले घटेर १९ सय ५१ दशमलव ७९ अंकमा झरेको छ ।

दुई सय २७ वटा कम्पनीहरुको २४ हजार ६ सय २२ पटकको कारोबारमा ३२ लाख नौं हजार नौ सय ८३ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब १९ करोड सात लाख ६५ हजार छ सय १३ रुपैयाँ पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ८९ अंकले घटेर तीन सय ७९ दशमलव पाँच अंकमा झरेको छ ।नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्सेमा यसदिन १३ वटा समूहको कारोबार भएकोमा सामूहिक लगानी कोष समूहको सूचक झिनो अंकले बढेर बाँकी समूहको सूचक घटेका छन् ।

सोमध्ये वाणिज्य बैंक समूहको सूचक सात दशमलव ६ अंकले घटेर १३ सय २० दशमलव १३ अंकमा झरेकोमा बिकास बैंक समूहको सूचक पनि ६४ दशमलव ८९ अंकले घटेर तीन हजार चार सय ८९ दशमलव २० अंकमा झरेको छ ।

जलबिद्युत समूहको सूचक पनि ४६ दशमलव ६३ अंकले घटेर २२ सय २३ दशमलव ३३ अंकमा झरेकोमा निर्जिवन बिमा समूहको सूचक पनि एक सय ४७ दशमलव नौ अंकले घटेर सात हजार नौं सय ३३ दशमलव २३ अंकमा झरेको छ।

जीवन बीमा समुहकोे सुचक पनि ८५ दशमलव ६४ अंंकले घटेर नौ हजार दुई सय ३३ दशमलव ७९ अंकमा झरेकोमा फाईनान्स, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी समूहहरुको सूचक पनि घटेका छन् ।

यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता चार सय २२ रुपैंयाँ ९० पैसा अन्तिम मुल्यमा नौं करोड १४ लाख १८ हजार सात सय २६ रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

नेप्सेमा आज उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ६८ प्रतिशतले बढेर एक हजार ४२ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुंदा सानिमामाई हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य सात दशमलव ३२ प्रतिशतले घटेर दुई सय ९१ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।