देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चितवन गोल्डकपमा १० टिम सहभागी हुने

देशान्तर

काठमाडौं – भरतपुर फुटबल क्लबले यही भदौ २५ गतेदेखि चितवन गोल्डकप आयोजना गर्ने भएको छ । चितवनमा नै सर्वाधिक धनराशिको यो प्रतियोगिता आगामी असोज ३ गतेसम्म सञ्चालन हुने भएको हो ।

प्रतियोगितामा स्वदेशी र विदेशी गरी १० टिम सहभागी हुने आयोजकले जनाएको छ । त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल (एपिएफ), मनाङ एफसी, भरतपुर फुटबल क्लब, जेजेवाइसी सिमरा, मकवानपुर, बागमती र फर्साटिकर एफसी प्रतियोगितामा सहभागी हुने प्रतियोगिताका संयोजक ध्रुव भुसालले जानकारी दिए। उनका अनुसार अफ्रिकन युनाइटेड क्यामरुन र भारतको मोतिहारीसमेत प्रतियोगितामा सहभागी हुनेछन्। सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा विजेताले गोल्डकप उपाधिसहित रु सात लाख र उपविजेताले रु तीन लाख ५० हजार प्राप्त गर्ने उनले जानकारी दिए। उनका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। नारायणगढको क्याम्पा चौरमा हुने प्रतियोगिताका लागि अहिले मैदान व्यवस्थापनको काम भइरहेको छ। चार हजार दर्शक क्षमताको अस्थायी प्यारापिट निर्माणको काम भइरहेको छ। प्रतियोगिता सम्पन्न गर्न रु ७० लाख खर्च हुने अनुमान आयोजकको छ। प्रतियोगिताको प्रवद्र्धकका रूपमा चितवन जिल्ला फुटबल सङ्घ रहेको छ।