काठमाडाैं – बंकलादेशका प्रधानमन्त्री शेख हसिना भारत भ्रमणमा जाँदैछिन्। उनी चारदिने भ्रमणका लागी भारत जान लागेकी हुन् । कोभिड-१९ महामारी सुरु भएयता उनको यो पहिलो भारत भ्रमण रहेको छ।
भ्रमाणका क्रममा उनले राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग शिष्टाचार भेट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री हसिनासँग शिष्टाचार भेट गर्नेछन्।
प्रतिक्रिया