काठमाडौं – तेस्रो एक दिवसीय क्रिकेटमा नेपालले केन्याविरुद्ध बलिङ गर्दैछ ।
नैरोवीस्थित जिमखाना मैदानमा केन्याले टस जितेपछि नेपालले बलिङको निम्तो पाएको हो । अघिल्ला दुई खेल जितेर शृंखला आफ्नो पक्षमा पारिसकेको नेपालले आज टिममा एक जना परिवर्तन गरेको छ ।
तीव्र बलर करण केसीको स्थानमा किशोर महतोलाई टिममा राखिएको छ । नेपालले पहिलो एक दिवसीयमा ७ विकेट र दोस्रोमा १७ रनको जित निकालेको थियो ।
सन्दीप लामिछाने क्यारेवियन प्रिमियर लिग खेल्न गएपछि नेपाल टिमको कप्तानी रोहितकुमार पौडेलले गरिरहेका छन् । त्यसअघि पाँच टी-२० अन्तर्राष्ट्रिय शृंखला नेपालले ३-२ ले जितेको थियो ।
प्रतिक्रिया