रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सेनाको सङ्ख्या १० प्रतिशत बढाउन आदेश दिएका छन् ।
उनले अर्को महिनाभित्र देशको सशस्त्र बलमा १ लाख ३७ हजार सैन्य कर्मचारी थप गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको बीबीसीले जनाएको छ । अहिले रुसमा १० लाखभन्दा धेरै सैन्य कर्मचारी छन् । रुसमा सैन्य भर्ती अभियान तीव्र बनेको बेला राष्ट्रपति भ्लादिमिर पुटिनले आदेश जारी गरेका हो ।
रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता ६ महिनाको अवधिमा केही सैनिकको मृत्यु भएको छ । कतिपय घाइते भएका छन् ।
युक्रेनले युद्धमा कडा प्रतिरोध गर्दै आएको छ । थप सैन्य सङ्ख्या स्वयम्सेवकहरू लिएर बढाइन्छ वा भर्ती गरेर भन्ने कुरा स्पष्ट पारिएको छैन । अहिले १८ देखि २७ वर्ष उमेर समूहका रुसी पुरुषलाई सैन्य सेवाको लागि डाकिएको छ । रुसी कानुन अनुसार त्यसरी भर्ती भएकालाई युद्धमा पठाउनुअघि चार महिनाको तालिम दिनुपर्छ ।
प्रतिक्रिया