देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फिनल्यान्डकी प्रधानमन्त्रीले लागुपदार्थ प्रयोग नगरेको पुष्टि

देशान्तर

काठमाडौँ – साथीभाइसँगको जमघटमा नाचेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिएकी फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले लागुपदार्थ प्रयोग नगरेको पुष्टि भएको छ ।

सामाजिक सञ्जालमा ‘भाइरल’ भएको ‘हाउस पार्टी’ को भिडियोमा उहाँ रक्सी खाएर रमाएको देख्न सकिन्थ्यो । त्यो भिडियोलाई लिएर उनले लागुपदार्थ पनि प्रयोग गरेको हुन सक्ने आरोप लागेपछि सोमवार उनले गराएको प्रयोगशाला परीक्षणबाट लागुपदार्थ प्रयोग नगरेको पुष्टि भएको हो ।

प्रधानमन्त्री मरिनको पिसाबको नमुनामा कोकिन, एम्फेटामाइन्स, भाङ र ओपिओइड्सजस्ता लागुऔषध नभएको निर्क्योल गर्न परीक्षण गरिएको थियो । आफूले केही रक्सी खाएको तर कुनै किसिमका लागुपदार्थ प्रयोग नगरेको प्रधानमन्त्री मरिनले शुक्रवार आफ्नो निवासमा पत्रकारहरूलाई बताएकी थिईन् । आफूले जीवनमा कहिल्यै पनि लागुपदार्थ प्रयोग नगरेको स्पष्ट गरेका थिए ।

३४ वर्षको उमेरमा प्रधानमन्त्री बन्नुभएकी मारिनको विपक्षीहरूले सरकारी निवासमा भोजभतेरलगायतका गतिविधि गरेकोमा यसअघि पनि आलोचना गरेका थिए ।