काठमाडौँ – सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले यही भदौ १५ गतेदेखि प्रतिकित्ता रु एक सय अंकित मूल्यमा रु ३ करोड ९३ लाख ७५ हजार मूल्य बराबरको तीन लाख ९३ हजार ७५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आईपीओ)को बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कूल जारी पुँजीको ०.५ प्रतिशत अर्थात् ५ हजार ४७० कित्ता शेयर कर्मचारीलाई र निष्काशित शेयरको ५ प्रतिशत अर्थात् १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी ३ लाख ६८ हजार ५९० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ ।
सर्वसाधारणले यही भदौ १९ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म माग बमोजिम आवेदन नआए भदौ २९ गतेसम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले शेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेडले जनाएको छ ।
धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा केयर रेटिङ्गस नेपालले कम्पनीलाई ‘केयरएनपी बीबी माइनस इस्युयर’ रेटिङ प्रदान गरेको छ ।
प्रतिक्रिया