देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चाडमा सरकार र केही विद्रोही समूह तथा नागरिक समाजबीच ‘राष्ट्रिय संवाद’ सुरु

देशान्तर

काठमाडौँ – चाडमा सेनाप्रति बफादार सरकार र केही विद्रोही समूह तथा नागरिक समाजबीच राष्ट्रिय संवाद सुरु भएको छ ।

यो वार्ता चाडका लागि ‘निर्णायक क्षण’ भएको सत्तारुढ सैनिकप्रति बफादार जुन्ता सरकारले बताएको छ।

सैन्य सरकार, नागरिक समाज, विपक्षी दल, ट्रेड युनियन र विद्रोही समूहका गरी झन्डै १५ सय प्रतिनिधि अबको तीन हप्तासम्म चल्ने राष्ट्रिय संवादका लागि राजधानी नाजामेनामा भेला भएका छन् । यी प्रतिनिधिबीचबाट एउटा वार्ता समिति बन्नेछ ।

समितिले नयाँ संविधान पनि बनाउनुपर्ने सहमति सरकार र विद्रोहीले गरेका छन् । समितिले बनाएको संविधानका धारालाई जनमत सङ्ग्रहमार्फत् अनुमोदन गर्ने वा नगर्ने अधिकार दिइनेछ ।

जुन्ताका प्रमुख जनरल महामत इद्रिस डेबीले वार्तालाई आफ्नोे देशको इतिहासमा निर्णायक क्षणको रूपमा बताउनुभएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।

सरकारका प्रवक्ता अब्देरामने कौलामल्लाहले यो संवादले हतियारको सहारालाई रोकेर शान्तिका लागि अनुमति दिने विश्वास व्यक्त गरेका छन् ।