काठमाडौँ – अमेरिकी सभामुख न्यान्सी पेलोसीले लोकतन्त्रको समर्थनका लागि ताइवानको भ्रमणमा गएको बताएका छन् ।
उनले ताइवानमाथि चीनले दबाब बढाइरहेको भन्दै ताइवानको समर्थनका लागि आफू भ्रमणमा गएको बताएका छन् । उनले ताइवान एक्लै छैन उसको साथमा अमेरिका पनि छ भन्ने सन्देश दिन आफूले भ्रमण गरेको बताएको बीबीसीले जनानएको छ ।
उनको भ्रमणपछि विरोध स्वरुप चीनले ताइवानको आसपासमा सैन्य अभ्यास गरेको थियो । एक हप्ता लामो सैन्य अभ्यास सकिएको चीनले घोषणा गरेको छ ।
चीनले ताइवानलाई छुट्टिएको प्रान्तका रूपमा हेर्दै आएको छ र अन्ततः आफ्नै नियन्त्रणमा आउने ठान्छ । तर, स्वशासित ताइवानले आफू चीनबाट अलग्गै रहेको बताउँदै आएको छ ।
प्रतिक्रिया