देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिटिजन्स बैंक र कर्णालीर्‍याफ्टिङ एण्ड एडभेन्चर प्रा.लि बीच समझदारी

देशान्तर

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कैलाली, टिकापुर स्थित कर्णालीर्‍याफ्टिङ एण्ड एडभेन्चर प्रा.लि.बीच आर्कषक छुट दिने समझदारी पत्रमा दुई पक्ष बीच हस्ताक्षर भएको छ।

सो समझदारीपश्चात् सिटिजन्स बैंकका कार्ड बाहकहरुले कर्णालीर्‍याफ्टिङ प्याकेजहरुमा १० प्रतिशत सम्म छुट पाउने छन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यस सुविधाबाट स्थानीय सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ । यसले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबार्बाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षिततवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क  तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ।

साथसाथै, यस बैंककाग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्घेश्यले ग्राहक साहायता (Kiosk),.(E-KYC) समेत स्थापनागरिसकेको छ ।

जसबाट बैंककाग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन ण्ज्ञ(छढठण्ण्टड नम्बरमा फोन गरी  ईमेल गरी प्राप्त गर्न सक्नु हुनेछ ।

यस प्रकारको सेवाबाट बैंककाग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वितहुने तथा डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख७१ हजारग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।