युक्रेनमाथि भएको रुसी हमलामा अहिलेसम्म ८० हजार रुसी सैनिक मारिएका र घाइते भएका हुन सक्ने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका एक वरिष्ठ अधिकारीले बताएका छन् ।
गत फेब्रुअरी २४ देखि रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो ।
यो ६ महिनाभन्दा कम अवधिको समयमा ७० देखि ८० हजार रुसीको मृत्यु भएको हुन सक्ने, अमेरिकाको रक्षा मन्त्रालयका उपसचिव कोलिन कहलले भनेका छन् ।
यो अवधिमा रुसी सेनाले तीन देखि चार सशस्त्र वाहनहरू पनि गुमाएको पनि उनले बताए ।
रूसी राष्ट्रपति भ्लादमिर पुटिनको लक्ष्य प्राप्त गर्न नसकेको पनि उनले दाबी गरेका छन् ।
रुसले युक्रेनविरुद्धको हमला तीब्र पारिहेका बेला किभलाई पश्चिमा देशहरुले अत्याधुनिक हतियार उपलब्ध गराउँदै आएका छन् ।
प्रतिक्रिया