काठमाडौँ – इजरायलले प्यालेस्टाइनको गाजामा हवाई आक्रमण गरेको छ ।
गाजा स्ट्रीपमा भएको आक्रमणमा प्यालेस्टिनी लडाकु समूहका शीर्ष कमान्डरसहित १० जना जना मारिएका छन् ।
ज्यान गुमाउनेमा एक युवतीसमेत रहेकी छन् । केही घाइते भएका छन् ।
इजरायलका प्रधानमन्त्री याइर लापिङले प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे) बाट जोखिम देखिएपछि यो कारबाही गरेको बताएको बीबीसीले जनाएको छ । यसअघि पीआईजेका एक जना सदस्य पक्राउ परेका थिए ।
पीआईजेले इजरायलमा सयभन्दा धेरै रकेटहरु प्रहार गरेको थियो । साथै हवाई आक्रमणको जवाफ दिने प्यालेस्टाइनी विद्रोहीले चेतावनी दिएको छ ।
प्रतिक्रिया