देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्व तेक्वान्दोमा अशोक खड्का निर्णायक

देशान्तर

काठमाडाैं – विश्व तेक्वान्दो च्याम्पियनसिप (जि ७) मा सेकेन्ड क्लास अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् ।  अशोक ग्यारोगी बिधाका सेकेन्ड क्लास अन्तर्राष्ट्रिय जज हुनुहुन्छ। अशोक लाई विश्व तेक्वान्दो बाट नै छनाेट गरिएको हाे।

हाल क्याडेटको विश्व तेक्वान्दो प्रतियोगिता सुरु भैसकेको छ । उक्त प्रतियोगिता जुलाइ 28 बाट 31 सम्म चल्नेछ, भने अर्को प्रतियोगिता विश्व जुनियर अगस्ट २ देखि ७ सम्म चल्नेछ । बुल्गेरियाको सोफिया मा भैराखेको प्रतियोगितामा विश्व भरिबाट १०० भन्दा बडि राष्ट्रका करिब २५०० खेलाडिहरुले प्रतिस्पर्धा गर्दै छन् ।

यसअघि उनले दक्षिण कोरिया, अस्ट्रिया, स्विडेन र बेल्जियममा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए । युबा तथा खेलकुद मन्त्रालयले अशोकलाई २०७८ सालको उत्कृष्ट जजको रुपमा छ्नाेट गरि नगद सहित सम्मान समेत गरिएको थियो ।

अशोकले हाल सम्म वर्ड रनिङ World Ranking प्रतियोगिता हरु 13 th साउथ एसियन गेमहरू South Asian Games , Nepal , German Open 2019 र 2020 , Australia Open , Coas Pakistan Open, El Hassan Open , Jordan , Tokyo Paraolympic Games Ir Selection Camp , Russia , Mexico Open , Belgium Open , Swedish Open , Austrian Open , chuncheon Korea Open लगायतका प्रतियोगिताहरुमा जजको भुमिका निर्वाह गरिसकेका छन ।