देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा विषाक्त मदिरा पिउँदा २० जनाको मृत्यु

देशान्तर

काठमाडौं – देशको पश्चिमी राज्य गुजरातमा विषाक्त मदिरा सेवनबाट २० जनाभन्दा बढीको मृत्यु भएको छ भने त्यति नै सङ्ख्यामा सख्त बिरामी भएकाहरू अस्पताल भर्ना भएका छन् । यद्यपि उनीहरूको मृत्यु मदिरा सेवनबाट नै भएको पुष्टि हुन बाँकी छ ।

‘बोटाड, भावनगर र अहमदाबाद अस्पतालमा २० भन्दा बढीको उपचार भइरहेको छ । स्रोतका अनुसार धेरैको अवस्था गम्भीर रहेकोले मृत्यु हुनेको संख्या बढ्न सक्ने सम्भावना छ,’ द हिन्दु अखबारको अनलाइन संस्करणमा भनिएको छ ।

मृत्युको वास्तविक कारण पत्ता लगाउन शव परीक्षण एवं चिरफार भइरहेको छ । ‘पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै प्रतिक्रिया दिन सक्नेछौँ,’ एक सरकारी अधिकारीले सिन्ह्वालाई फोनमा बताए ।

मदिरा सेवनका कारण मृत्यु भएको भनिएको गाउँ वरपरका धेरैलाई नक्कली मदिरा बेचेको आरोपमा पक्राउ गरिएको छ । राज्य सरकारले घटनाको छानबिन गर्न आदेश दिँदै प्रहरी नायब उपरीक्षकको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरेको छ ।