काठमाडौं – इराकी प्रान्त सलाहुदिन र दियालामा इस्लामिक स्टेट आइएस लडाकुहरूले गरेको दुई छुट्टाछुट्टै आक्रमणमा दुई सुरक्षाकर्मी र एक सर्वसाधारणको मृत्यु हुनाका साथै अन्य पाँच जना घाइते भएका छन् ।
चरमपन्थी आईएस लडाकुहरूले इराकी राजधानी बगदादबाट करिब १२० किलोमिटर उत्तरमा रहेको समारा शहर नजिकै अर्धसैनिक हशद शाबी चौकीमा आक्रमण गर्दा दुई हस्द शाबी सदस्यहरू मारिएको बताइएको छ ।मारिएका सदस्यहरू शिया धर्मगुरु मोक्तादा अल(सद्रप्रति वफादार सशस्त्र समूह सराया अल(सलाम तथा शान्ति कम्पनीहरूसँग सम्बद्ध रहेको स्रोतले बताएको छ ।
त्यस्तै आइतबार अबेर राति आईएस लडाकुहरूले दियालाको प्रान्तीय राजधानी बाकुबाको पूर्वमा अवस्थित एउटा गाउँमा आक्रमण गर्दा बग्दादबाट करिब ६५ किलोमिटर उत्तरपूर्वमा एक गाउँलेको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएको एक प्रान्तीय सुरक्षा स्रोतले नाम न छाप्ने सर्तमा सिन्ह्वालाई बताएको छ। इराकी सुरक्षा बलहरू घटनास्थल पुगेर आक्रमणकारीहरूको खोजी अभियान शुरु गरेको पनि स्रोतले जनाएको छ।
प्रतिक्रिया