काठमाडौं – नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन चार दशमलव ८९ अंकले बढेको नेप्से साताको पाँचौं कारोबार दिन आज (बिहीबार) भने पाँच दशमलव ८७ अंकले घटेर दुई हजार ४४ दशमलव ७२ अंकमा झरेको छ ।
नेप्सेमा आज दुई सय २५ वटा कम्पनीहरुको २७ हजार पाँच सय २२ पटकको कारोबारमा ३९ लाख आठ हजार तीन सय ९५ कित्ता सेयर खरिद-बिक्री भएको छ । जसकाकारण कुल कारोबार रकम एक अर्ब ६४ करोड २६ लाख ४८ हजार पाँच सय ८७ रुपैंयाँ पुगेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ८६ अंकले घटेर तीन सय ९१ दशमलव ६४ अंकमा झरेको छ ।नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा दुई वटा समूहको सूचक बढेर ११ वटा समूहको सूचक घटेका छन् । यो मध्ये वाँणिज्य बैंक समूहको सूचक दुई दशमलव २९ अंकले बढेर १३ सय ८२ दशमलव ४८ अंकमा चढेकोमा अन्य समूहको सूचक पनि बढेको छ ।
बिकास बैंक समूहको सूचक भने आज ३४ दशमलव ९२ अंकले घटेर तीन हजार पाँच सय ४५ दशमलव १७ अंकमा झरेकोमा जलबिद्युत समुहको समुहको सूचक पनि १४ दशमलव २८ अंकले घटेर २३ सय ३३ दशमलव ११ अंकमा झरेको छ ।
निर्जिवन बीमा समूहको सूचक पनि ६४ दशमलव ३२ अंकले घटेर आठ हजार एक सय ५२ दशमलव ३१ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि एक सय ५० दशमलव ३४ अंकले घटेर नौं हजार साता सय २१ दशमलव ७२ अंकमा झरेको छ । यि बाहेक फाईनान्स, ट्रे डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि घटेका छन् ।
यसैगरी आज शिवम सिमेन्टको प्रतिकित्ता आठ सय सात रुपैंयाँ ९० पैंसा अन्तिम मूल्यमा १७ करोड ८० लाख एक हजार पाँच सय ६८ रुपैंयाँ १० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्ये सबैभन्दा बढी हो ।
नेप्सेमा आज सेन्ट्रल फाईनान्सको प्रतिकित्ता सेयर मूल्य तीन दशमलव १६ प्रतिशतले बढेर तीन सय २६ रुपैंयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुंदा आईसीएफसी फाईनान्सको ऋणपत्रको प्रतियुनिट सेयर मुल्य ६ दशमलव ७१ प्रतिशतले घटेर एक हजार ४६ रुपैंयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
प्रतिक्रिया