काठमाडौं – एन आई सी एशिया बैंकले २०७९ आषाढ १२ देखि आषाढ मसान्तसम्मको लागि निक्षेपको १० गुणासम्म प्राप्त हुने गरी ल्याएको ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ साउन मसान्तसम्म लागू गर्ने निर्णय गरेकाे छ।
व्यक्तिगत, संस्थागत एवं रेमिटेन्स ग्राहक महानुभावहरू लक्षित गरेर ल्याइएको उक्त योजनामा देश एवं विदेशमा बस्नेहरू एवं विभिन्न संस्थाहरूले अभूतपूर्व सहभागिता, रुची एवं चासो देखाएको भन्दै २०७९ साउन मसान्तसम्मका लागि निरन्तरता दिने निर्णय गरेको हो ।
आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी आफ्ना निक्षेप योजनाहरूलाई सोही अनुरुप थप ग्राहकमैत्री एवं प्रभावकारी बनाउन बैंकले यो योजनालाई निरन्तरता दिने निर्णय गरेको जनाइएको छ ।
योजनामा निक्षेपकर्ताहरूले ५ वर्ष १० महिनादेखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुुसार दुई गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् भने आफूले निक्षेप गरेको रकम र पाकेको ब्याज गरी कुल रकमको ८० प्रतिशत बराबर कर्जा समेत लिन सक्ने बैंकको भनाइ छ ।
यसअघि बैंकको ५ वर्षसम्म कुल रु. ८४ लाख सम्मको बीमा सुनिश्चित गर्ने अतुलनिय फाइदाहरूसँगै सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना सञ्चालन गरिरहेकाे छ ।
प्रतिक्रिया