काठमाडौं – ओ.पि.सि सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट बिक्री गरेको छ।
योसँगै शिवम् सिमेन्ट्स नेपालकै सर्वाधिक बिक्री हुने ओ.पि.सि सिमेन्ट बन्न सफल भएको कम्पनीले जनाएको छ। शिवम् सिमेन्टले स्थापना कालदेखि ०७९ असार मसान्तसम्मको छोटो अवधिमा नै नेपालकै सर्वाधिक ओ.पि.सि. सिमेन्ट बिक्री गर्ने उद्योग बन्न सफल भएको हो ।
ओ.पि.सि मात्र उत्पादन गर्दै आइरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुङ्गा खानीबाट उत्खनन् गरिएको उच्च कोटीको चुनढुङ्गाबाट गुणस्तरीय सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । उत्पादन समयदेखि नै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादनतथाविक्रिवितरण गर्दै आइरहेको शिवम् आफ्नो गुणस्तरीय उत्पादनकै कारण नेपाली सिमेन्ट जगतमै पहिलो पटक नेपाल नापतौल तथा गुणस्तर विभागबाट एन. एस. क्वालिटी अवार्ड–२०१९ (एनएस क्वालिटी अवार्ड २०१९) प्रथमबाट पुरस्कृत भएको थियो ।
यस सफलताको सम्पूर्ण श्रेय ग्राहकवर्ग एवम् वितरकहरूलाई प्रदान गर्दै गुणस्तरद्वारा जोडिएको आपसी अटुट सम्बन्धलाई अझै प्रगाढ अनि विस्तार गर्दै आगामी दिनमा निरन्तर गुणस्तरीय उत्पादनमार्फत यस सम्बन्धलाई थप उचाई तर्फ लैजाने कम्पनीले प्रतिबद्धता जनाएको छ ।
“भरोसा अटुट सम्बन्धको”,“क्वालिटीको मामलामा नो कम्पर्माइज, “गुणस्तरको पहिचान हो शिवम्” तथा “गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ” जस्ता नाराकासाथ अगाडि बढीरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।
नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा आइएसआइ, युआरएस प्रमाणित आइएसओ सर्टिफिकेट प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ ।
प्रतिक्रिया