काठमाडौं – नेपाली बजारमा आज (आइतबार) सुनकाे भाउ घटेकाे छ भने चाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेर ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको भाउ पनि ३ सय रुपैयाँले घटेको छ । आज प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।
प्रतिक्रिया