काठमाडौं – नेपाली बजारमा आज सुनको भाउ बढेको छ, भने स्थिर रहेको छ। छापावाल सुन प्रतितोला २ सयले बढेर ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, तेजाबी सुनको भाउ २ सयले बढेको छ। आज प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार प्रतितोला ९४ हजाज १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य स्थिर रहेको छ। चाँदी आज प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार पनि चाँदी पनि प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ।
प्रतिक्रिया