काठमाडौं – अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तमा भारी वर्षा र अचानक आएको बाढीले एकै परिवारका आठ जनाको मृत्यु भएको स्थानीय टेलिभिजन च्यानलले जनाएको छ।
एक गाउँले कारी मिर्जालाई उदृत गर्दै टोलोन्युजले जनाएअनुसार नुरिस्तान प्रान्तको वामा जिल्लाका केही गाउँहरू भर्खरै आएको बाढीले बगाउँदा एकै परिवारका आठ सदस्यको मृत्यु भएको हो।
परवान, पक्तिया, वर्दक र दक्षिणी कान्दाहार प्रान्तमा विगत केही दिनदेखि परेको भारी वर्षा र बाढीका कारण थुप्रै व्यक्तिको मृत्यु भएको छ ।
प्रतिक्रिया