देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

त्रिकोणात्मक सिरिजका लागि नेपाली टिम क्यानडाबाट स्कटल्याण्ड प्रस्थान

देशान्तर

काठमाण्डौँ । स्कटल्याण्डमा हुने आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि नेपाली टिम त्यसतर्फ प्रस्थान गरेको छ । क्यानडामा अभ्यास खेलकालागि एक साता भन्दा बढिको समय बिताएको नेपाली क्रिकेट टिम त्यहिबाट स्कटल्याण्ड गएको हो ।

नेपाली क्रिकेट टिमले क्यानडामा चार अभ्यास खेल खेल्ने भनिएपनि एक खेल बर्षाका कारण रद्द भएको थियो । नेपालले दुई खेल स्थानीय क्लबसँग खेल्दा दुबै खेल जितेको थियो । क्यानडासँगको दोस्रो तथा अन्तिम खेलमा नेपाल पराजित भएको थियो ।

अब नेपालले स्कटल्याण्डमा प्रशिक्षण गरेर प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपालले स्कटल्याण्डमा नामिबिया र घरेलु टिमसँग खेल्नेछ । जसमा नेपालले पहिलो खेल जुलाई ११ मा नामिबियासँग रहेको छ । त्यसपछि १३ तारिखमा स्कटल्याण्डसँग खेल्नेछ । नेपालको तेस्रो खेल १६ जुलाईमा नामिबियासँग रहेको छ । त्यसपछि अन्तिम खेलमा नेपालले घरेलु टिमसँग जुलाई १७ मा खेल्नेछ ।

जारी लिग २ को अंक तालिकाको पाँचौं स्थानमा रहेको नेपाली टिमलाई शिर्ष तीनको संभावनालाई कायम राख्ने हो भने यो सिरिजका सबै खेल जित्नुपर्ने दबाब रहेको छ । अमेरिका भ्रमणमा जाँदा नेपालले चार खेलमा एक खेल जितेको थियो भने एक बराबरी र दुई खेलमा हार ब्यहोरेको थियो ।

जारी लिग २ को सिरिजमा नेपाल १६ खेलमा १५ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल भन्दा दुई खेल कम खेलेको नामिबियाले १४ खेलमा सात जित र सात हार ब्यहोर्दै १४ अंकका साथ छैटौं स्थानमा छ । स्कटल्याण्डले भने २० खेलमा २८ अंकका साथ दोस्रो स्थानमा छ ।