देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा गत चौबीस घण्टामा ११३ जनामा कोरोना, ४७१ जना सक्रिय संक्रमित

देशान्तर

काठमाडौं – नेपालमा गत चौबीस घण्टामा ११३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १ हजार ५४९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै १ हजार १७५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल ४७१ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप २० जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । गत चौबीस घण्टामा थप ९४ हजार ४० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।