देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्वास्थ्य राज्य मन्त्रीको निर्देशन- सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नूस्

देशान्तर

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री हीराचन्द्र केसीले स्वास्थ्य क्षेत्रमा समस्या रहेको भन्दै समाधानका लागि आफ्नो दायित्वलाई नविर्सीन कर्मचारीलाई निर्देशन दिएका छन् । स्वास्थ्य सेवा विभागले आज मंगलबार आयोजना गरेको विभाग अन्तर्गतका मुख्य मुख्य कार्यक्रमहरुका बारेमा जानकारी दिने उद्धेश्यले आयोजित कार्यक्रममा स्वास्थ्य राज्य मन्त्री केसीले यस्तो बताएका हुन् ।

उनले सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न कर्मचारीलाई आग्रह गरे । उनले भने, ‘थप बजेट आवश्यक परे पहल गर्छौ । विभागको स्तरोन्नतीका लागि के गर्नुपर्छ योजना बनाउनुस् । सदैब सकारात्मक सहयोग रहन्छ । तर, आफ्नो स्वार्थभन्दा माथी उठेर काम गर्नुस्। ’ स्वास्थ्य सेवा विभाग स्वास्थ्य मन्त्रालय मातहतको महत्त्पूर्ण निकाय भएकाले पनि यसको सवलीकरणका लागि योजना बनाउनुपर्ने बताए ।

केसीले भने, ‘तपाईंहरुले जनतालाई पहिलो केन्द्रमा राखेर काम गर्नुपर्छ । अहिलेपनि नागरिकहरु स्वास्थ्य सेवा सहज तरीकाले नपाएर भौतारीनुपर्ने अवस्था छ । यो अवस्थाको हल गर्नुपर्ने आजको आवश्यकता हो ।’ केसीले भने, ‘आफ्नो ठाउँमा आफूले पाएको जिम्मेवारी लगनशिलताका साथ गर्नुभएको छ । केहि कुराहरु नमिलेको जस्तो लाग्छ । धेरै ठाउँहरुमा समस्या देखिन्छ ।’

स्वास्थ्य मन्त्रालयमा अलिक समस्या देख्छु मैले । थुप्रै नमिलेको देख्छु । मलाई कुनै स्वार्थ छैन । कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा।दीपेन्द्ररमण सिंहले विभाग अन्तर्गतका मुख्य मूख्य कार्यक्रमका बारेमा प्रकाश पारेका थिए ।