आर्थिक संकटबाट गुज्रीरहेका श्रीलंकामा पेट्रोलियम पदार्थको हाहाकार भएको छ । त्यहाँको सरकारले अब एक दिनलाई मात्रै पुग्ने इन्धन बाँकी (स्टक) रहेको बताएको छ ।
तेल अभावले श्रीलंकामा अहिले सार्वजनिक यातायाताहरु ठप्प रहेका छन् । देशमा आर्थिक संकट गहिरिएसँगै ऊर्जा मन्त्रीले तेलको स्टकबारे बताएपछि राजधानीमा पेट्रोल र डिजेल भर्ने सवारी साधनको लामो लाइन लागेको छ ।
अधिकांश पम्पिङ स्टेसन केही दिनदेखि इन्धनविहीन छन् । ऊर्जामन्त्री कञ्चना विजेसेखेराले मुलुकमा करिब ४ हजार टन पेट्रोलको भण्डार रहेको र त्यो एक दिनको खपतभन्दा केही कमी भएको बताए ।
अर्को पेट्रोल ढुवानी २२ र २३ जुलाईको बीचमा हुने उनले अपेक्षा गरेका छन् । टाट पल्टिएको श्रीलंकाले आपतकालीन अवस्थामा बाहेक सबै इन्धन बिक्रीमा दुई हप्ताको लागि रोक लगाएको थियो ।
प्रतिक्रिया