देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नबिल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाद्वारा पदभार ग्रहण

देशान्तर

काठमाडौं – नबिल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले आजदेखि आफ्नो कार्यभार सम्हालने भएका छन् । नबिल बैंक लिमिटेडकोे हिजो सम्पन्न संचालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुङ्गानालाई नियुक्त गरेको हो ।

बैंकिङ्ग क्षेत्रको व्यवस्थापनतहतथा नेतृत्वदायी भूमिकामा रही २५ वर्ष भन्दा बढी लामो अनुभव सँगाल्नु भएका ढुङ्गानाले यसभन्दा अगाडि नेपाल बङ्गलादेश बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेका थिए। उनले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धकतथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रहीकार्य गरेका छन् ।
भारतबाट चार्टर्ड एकाउन्टेन्सी र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तिय विष्लेषणमा स्नातकोत्तर को अध्ययन पूरा गरेका ढुङ्गाना सन् २०१३ मा नेपाल व्यवस्थापन संघ द्वारा मेजर टु वाच र सन् २०१५ मा (Manager To Watch) विधामा पुरस्कृत भएका थिए । सन् २०१५ मा  (Manager of the Year) विधामा पुरस्कृत भएका थिए ।

कार्यकारी अधिकृत ढुङ्गाना सन् २०१८ मा नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा चयन भएका थिए ।उनको कुशलर सक्षम नेतृत्वमा आगामी दिनमा समेत नबिल बैंक लिमिटेडले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरिएको छ । यस नबिल बैंक लिमिटेडको प्रमुखकार्यकारी अधिकृतका रूपमा ज्ञानेन्द्र प्रसाद ढुङ्गानालाई स्वागत गर्दै सफलकार्यकालको शुभकामना समेत संस्थागत संचार बिभाग व्यक्त गरेको छ ।